मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम जेठ १४ गते सार्वजनिक हुने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम जेठ १४ गते सोमबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले संसद् बैठकमा सार्वजनिक गर्ने तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ ।
सोही अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जेठ १४ गतेका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेशसभा बैठक आह्वान गर्न र व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार समेत गरिसकेका छन् । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेशसभाको बैठक सोमबार दिउँसो ३ बजेका लागि बोलाएका छन् ।



