जेठ १२ गते शनिबार, ज्येष्ठ कृष्णपक्ष द्वितीया तिथि
मेष
धन नास हुन सक्ने र सामान हराउन सक्ने वा चोरी हुन सक्छ।
वृष
साझेदारी काममा प्रगति र पति वा पत्नीको सहयोगले काम बन्न सक्नेछ।
मिथुन
आम्दानी बढ्नेछ भने धनको पनि संग्रह हुन सक्छ।
कर्कट
काममा प्रशासनिक बाधा आउन सक्छ।
सिंह
खर्च बढ्न सक्ने र सहकर्मीसंग विवाद हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।
कन्या
आम्दानीमा वृद्धि हुन सक्ने र आम्दानीको नया तरिका मिल्नेछ।
तुला
खर्च बढ्न सक्ने र काममा समस्या आउन सक्नेछ।
वृश्चिक
नयाँ व्यवसायमा लगानी गर्ने र मानसम्मान पाउने समय रहेको छ।
धनु
अप्रत्यक्ष समस्याले काममा रोकावट ल्याउन सक्छ।
मकर
आम्दानी बढ्ने र साथीभाईको सहयोग प्राप्त हुन सक्छ।
कुम्भ
रचनात्मक कामहरु गर्ने समय छ भने काममा उच्चपद वा नँया जिम्मेवारी मिल्न सक्नेछ।
मीन
सामान्य विवादले काम र आर्थिकमा क्षति पुर्याउन सक्ने भएकाले ध्यान दिनुहोला।



