यो साता पनि विश्व बजार र स्थानीय बजारमा सुन तथा चाँदीको मूल्य उच्च दरले बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ।
सुन भण्डारणमा लगानी बढाउने चीनको रणनीतिसँगै मूल्यमा चाप परेको व्यवसायीहरूले तर्क गरेका छन्।
अन्तर्राष्ट्रिय बजारमा नै उच्च विन्दुमा सुनको मूल्य पुगेपछि नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ उचाइ कायम गरेको थियो।
साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक लाख २० हजार आठ सय रूपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन हालसम्मको उच्च विन्द्मा पुगेर प्रति १० ग्राम एक लाख २१ हजार पाँच सय ७० मा नयाँ रेकर्ड राख्यो।



