११ जेठ, काठमाडौं । मौद्रिक नीतिको तेस्रो समीक्षाका लागि नेपाल राष्ट्रबैंकले तयार गरेको प्रस्तावमा बैंकहरूलाई सेयर बिक्री गर्ने व्यवस्थामा सहजीकरण गर्ने विषय उल्लेख थिएन ।
सवारीसाधन तथा घरजग्गा कारोबारलाई सहज हुने नीति यसअघि नै लिइएकाले त्यसमा थप लचक बन्न सकिन्छ कि सकिन्न भन्नेमा राष्ट्र बैंककै अधिकारीहरू अलमलमा थिए ।
तर, मौद्रिक नीतिको तेस्रो समीक्षा पारित गर्न गत शुक्रबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले व्यवस्थापनले प्रस्ताव नै नगरेका केही निर्णय गरेपछि केही उच्च अधिकारीहरू नै आश्चर्य चकित भए ।



