अप्रिलमा जापानको मुद्रास्फीतिमा सामान्य कमी


  • Himalayan Bank Limited (HBL)
अप्रिलमा जापानको मुद्रास्फीतिमा सामान्य कमी

एजेन्सी । ग्यासको मूल्यमा गिरावट आएपछि अप्रिलमा जापानी मुद्रास्फितिको गति सुस्त भएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । अस्थिर ताजा खाद्यसामग्रीको मूल्यबाहेक उपभोक्ता मूल्य सूचकाङ्क २.२ प्रतिशतमा आएको छ । जापानको आन्तरिक मामिला मन्त्रालयले मार्चमा उक्त दर २.६ प्रतिशत मापन गरेको थियो ।

यो आँकडा बजारको अपेक्षा अनुरूप थियो र कमजोर येनले आयातित वस्तुको लागि मूल्य वृद्धि गर्दा पनि आउँछ । ब्लुमबर्ग इकोनोमिक्सका तारो किमुराले भने, “यो आँकडाले उपभोक्ताको सुस्त मागको प्रतिक्रियामा कम्पनीहरूले मूल्य वृद्धिलाई नियन्त्रण गर्ने कदमलाई प्रतिबिम्बित गर्दछ । तर खूद मापन अझै पनि बैंक अफ जापानको दुई प्रतिशतको लक्ष्यभन्दा माथि छ र पछिल्लो तथ्याङ्कले केन्द्रीय बैंकलाई नीति सामान्यीकरण गर्नबाट रोक्ने सम्भावना छैन,” विज्ञप्तिमा भनिएको छ ।

Read More