आर्थिक संकटको संघारमा भुटान, विदेशी मुद्रा सञ्चिती ५७.४ करोड डलर मात्रै


  • Himalayan Bank Limited (HBL)
आर्थिक संकटको संघारमा भुटान, विदेशी मुद्रा सञ्चिती ५७.४ करोड डलर मात्रै

भुटान आर्थिक संकटको संघारमा पुगेको नवनियुक्त प्रधानमन्त्री छिरिङ तोब्गेले बताएका छन् ।

प्रधानमन्त्री तोब्गेले युवा बेरोजगारी दर ३० प्रतिशत पुगेको र हरेक आठ जनामा एक जना गरिबीको रेखामा परेको उल्लेख गर्दै भुटानको आर्थिक रणनीतिमा केही परिवर्तन ल्याउन पर्ने देखिएको बताएका हुन् । विगत पाँच वर्षको औसत कुल ग्राहस्थ उत्पादन वृद्धिदर १.५ प्रतिशतमा सीमित रहनु, सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादनको १३२ प्रतिशत अर्थात २६७ बिलियन पुग्नु तथा बेरोजगारी दर ५.९ प्रतिशत पुग्नाले देश आर्थिक संकटको सम्मुखमा पुगेको तोब्गेले बताएका हुन् ।

Read More