बबई सिँचाइको मुआब्जा बाँड्ने तयारीमा आयोजना


  • Himalayan Bank Limited (HBL)
बबई सिँचाइको मुआब्जा बाँड्ने तयारीमा आयोजना

गुलरिया । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइले पश्चिमी मूल नहर प्रणालीअन्तर्गत गुलरिया खण्डलगायत आसपासका सोनापुर, नारायणटोल, सुहेलवा शाखा नहर निर्माण तथा विस्तारका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा रकम वितरणको सुरुआत गरेको छ । आवश्यक जग्गा अधिग्रहणका लागि गत वर्ष सूचना जारी गरेको आयोजनाले मुआब्जा वितरणका लागि किसानका आवेदन सङ्कलन गर्दैछ ।

 

जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ (२) बमोजिमको मुआब्जा निर्धारण समितिको बैठकले कायम गरेको मुआब्जा दरअनुसार रकम उपलब्ध गराइने बबई सिँचाइ आयोजनाका निर्देशक सुशीलचन्द्र देवकोटाले बताए ।

Read More