भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
गत जेठ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नका लागि आगामी जेठ २५ गते विशेष साधारण सभा बोलाएको हो ।
सभा कम्पनीको कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे देखि शुरु हुने छ। सोही सभाले कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी बृद्धिको प्रस्ताव पनि पारित गर्नेछ ।




