सहकारीपीडितको आन्दोलन सुरु, आजैदेखि रिले अनशन


  • Himalayan Bank Limited (HBL)
सहकारीपीडितको आन्दोलन सुरु, आजैदेखि रिले अनशन

काठमाडौँ — बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले आन्दोलन सुरु गरेका छन् । काठमाडौं उपत्यका, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन सुरु भएको हो ।

पीडितको पैसा फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका कुनै पनि सम्झौता कार्यान्वयन नगरेको कारण तेस्रो चरणको आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले बताए । 'बचतकर्ताको पैसा फिर्ता गर', 'बचत फिर्ता नभएसम्म ०८४ को निर्वाचन हुन दिँदैनौ', 'सहकारी पीडितको माग आगामी वर्षको बजेटमा समावेश गर'लगायत नारासहित उनीहरू धर्नामा उत्रिएका छन् ।

Read More