विकास आयोजनालाई विस्फोटक पदार्थ दिन भारतको फेरि आनाकानी


  • Himalayan Bank Limited (HBL)
विकास आयोजनालाई विस्फोटक पदार्थ दिन भारतको फेरि आनाकानी

काठमाडौँ — भारतले विस्फोटक पदार्थ आयात अनुमतिपत्र अर्थात् ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नदिँदा तीन दर्जनभन्दा बढी जलविद्युत् आयोजना समस्यामा परेका छन् । चिनियाँ लगानी र ठेकेदारले निर्माणको जिम्मा लिएका आयोजनामा झन्डै ६ महिनादेखि विस्फोटक पदार्थ आयातका लागि एनओसी रोकिएको जलविद्युत् आयोजना प्रवर्द्धकहरूले बताएका छन् ।

स्वदेशी लगानी भएका आयोजनामा भने दुईदेखि तीन महिनाको अन्तरालमा सीमित आयोजनालाई एनओसी दिने गरेको स्वतन्त्र ऊर्जा उत्पादहरूको संस्था नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाले बताए ।

Read More