कोरोना बिमा रकम दिन अझै किन ढिला ?


  • Himalayan Bank Limited (HBL)
कोरोना बिमा रकम दिन अझै किन ढिला ?

काठमाडौं : कोरोना महामारी फैलिएको साढे तीन वर्ष बितिसक्दा पनि अझै सरकारले दायित्वमा रहेको सर्वसाधारणको कोरोना बिमा रकम फिर्ता दिएको छैन। आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा जुटेको अर्थ मन्त्रालयले यसपटक पनि कोरोना बिमाको दाबी भुक्तानीलाई प्राथमिकतामा नराखेकोे जनाइएको छ। अघिल्लो वर्ष पनि अत्यावश्यक क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने भन्दै उक्त दायित्वलाई पन्छ्याइँदै आइएको थियो।

यसका लागि स्रोत जोहो गर्न नसक्दा लामो समयसम्म पनि अझै टुंगो नलागेको अर्थ मन्त्रालयको भनाइ छ। अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन शाखाका शाखा अधिकृत अम्बिका भट्टराई तत्काललाई कोरोना बिमाका भुक्तानीको प्रक्रिया अघि नबढाएको बताउँछन्। उनका अनुसार पहिल्यैदेखिका फाइलहरू बजेट शाखाको सहमति लिएर पठाइसकेको थियो। तर राज्यको बजेटको अवस्था कमजोर रहेकाले अहिले दिन नसक्ने निष्कर्ष निकालिएको हो। ‘अहिले राजस्वको स्थिति ऋणात्मक रहेकाले पनि दाबी भुक्तानी अहिले नगर्नेमा अर्थ मन्त्रालय पुगेको छ। बरु यसको दायित्व ढुकुटीको अवस्था सकारात्मक आएको बखतमा मात्रै गर्ने निर्णय भएको छ,’ शाखा अधिकृत भट्टराईले अन्नपूर्णसँग भने। छलफलबाट अहिले स्थगन गर्ने भनिएकाले यसको प्रक्रिया ठप्प रहेको उनले जनाए। राजस्व घाटा भएकाले पनि अब परिस्थिति सामान्य नहुँदासम्म कोरोना बिमाको भुक्तानी नसल्टिने उनको भनाइ छ। यद्यपि यसैक्रममा उनले आफूले समेत कोरोना बिमाको पैसा नपाएको बताउँछन्। 

Read More