विकास बैंक किन, कहाँ चाहिन्छ ? स्पष्ट गर्ने बेला आएको छ
बैंकिङ समग्र अर्थतन्त्रकै एउटा पाटो हो । त्यसैले अर्थतन्त्र राम्रो भएमा बैंकिङ पनि राम्रो हुन्छ, अर्थतन्त्र खराब भयो भने बैंकिङ क्षेत्रलाई पनि समस्या हुन्छ । अहिलेको समयमा समग्र अर्थतन्त्र नै प्रभावित भएका बेला बैंकमा नकारात्मक प्रभाव देखिनु स्वाभाविक हो । यसलाई अझ बृहत् रूपमा हेर्ने हो भने ठूला अर्थतन्त्र भएका देशको आर्थिक स्थिति पनि राम्रो छैन । यसको असर हाम्रो देशको अर्थतन्त्रमा परेको छ र त्यसैको प्रभाव बैंकिङ क्षेत्रमा पनि छ । त्यसैले अहिलेको अवस्थामा एक अर्कालाई समस्याको दोष लगाउने भन्दा पनि सबै मिलेर धैर्य धारण गर्दै अगाडि बढ्नुपर्छ ।



