काठमाडौँ । सहकारी ठगी प्रकरणमा सत्ता र प्रतिपक्षबिच देखिएको टकरावले राजनीतिक ध्रुवीकरणको खतरा देखिएको छ । सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा सत्ता र प्रतिपक्ष आमुने–सामुने देखिएका हुन् ।
सूर्यदर्शन, सुप्रिम, सहारा र स्वर्णलक्ष्मी सहकारीमा भएको ठगीमा लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष कांग्रेस संसददेखि सडकसम्म सशक्त रुपमा उभिएको छ । गत फागुन २१ मा नयाँ गठबन्धन बनेर रास्वपा सभापति लामिछाने गृहमन्त्री बनेपछि कांग्रेसले सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ मागेको थियो ।



