मुद्दती निक्षेपमा थुप्रियो पुनर्बीमा कम्पनीको लगानी


  • Himalayan Bank Limited (HBL)
मुद्दती निक्षेपमा थुप्रियो पुनर्बीमा कम्पनीको लगानी

पुनर्बीमा कम्पनीहरुले मुद्दती निक्षेपबाहेक अन्य क्षेत्रमा लगानी बढाउन नसकेको पाइएको छ ।

कम्पनीहरूले लगानी विविधीकरण गर्न नसक्दा विभिन्न शिर्षकबाट जम्मा भएको रकम बैंकको निक्षेपमा केन्द्रित भएको हो । उनीहरूको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपपछि ऋणपत्र र शेयर बजारमा मात्र केन्द्रित छ ।

कम्पनीहरूकै सुझावअनुसार बीमा प्राधिकरणले केहि वर्ष अघिमात्र लगानी निर्देशिका परिवर्तन गरी विभिन्न क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको थियो । तर, निर्देशिकाअनुसार कम्पनीहरूले लगानी गर्न सकेनन् । फलस्वरुप उनीहरू मुद्दती निक्षेपमा केन्द्रित भए ।

Read More