ट्राफिक नियम उल्लंघन गर्नेबाट २ करोड बढी राजश्व संकलन


  • Himalayan Bank Limited (HBL)
ट्राफिक नियम उल्लंघन गर्नेबाट २ करोड बढी राजश्व संकलन

वीरगन्ज : पर्सामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई कारबाही गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयले १० महिनामा २ करोडभन्दा बढी राजश्व संकलन गरेको छ। 

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिनामा जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेकालाई कारबाही गरेर २ करोड १७ लाख १७ हजार ७५६ रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए। उनका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गरेका २१ हजार ३ सय ५६ सवारी साधन कारबाहीमा परेका हुन्। 

Read More