काठमाडौं : भारतीय सेयर बजारमा बिहीबार उछाल आएको छ । भारतका प्रमुख सेयर बजार सूचकहरु ‘सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवै अल टाइम हाई रेकर्डमा पुगेका छन् । सेन्सेक्स करिब १२ सय अंकले बढेको छ । बिहीबार सेन्सेक्स १.६१% अर्थात १,१९६.९८ अंकले बढेर ७५,४१८.०४ को ऐतिहासिक उच्च विन्दुमा बन्द भएको हो । ‘इन्ट्राडे’ मा सेन्सेक्स ७५,४९६ को अल टाइम हाई विन्दुसम्म पुगेको थियो ।
यता, निफ्टी ५० सूचक पनि १.६४% अर्थात ३६९.८५ अंकले बढेर हालसम्मकै उच्च २२,९६७.६५ विन्दुमा बन्द भएको छ । ‘इन्ट्राडे’ मा यो सूचक २२,९९१ विन्दुको अल टाइम हाई रेकर्डसम्म पुगेको थियो । विगत केही साता विदेशी संस्थागत लगानकर्ताले बिक्री चाप बढाउँदा भारतीय सेयर बजार सुस्त देखिएको थियो । सेन्सेक्स ७२,०० विन्दुसम्म झरेको थियो । यद्दपि, मे महिनाको दोस्रो साताको सुरुवातदेखि भने भारतीय सेयर बजारमा क्रमिक सुधार देखिएको देखिँएको छ ।





