वोमी माइक्रोफाइनान्सको शत प्रतिशत हकप्रद साउन ९ गतेबाट खुल्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वोमी माइक्रोफाइनान्सको शत प्रतिशत हकप्रद साउन ९ गतेबाट खुल्ने

वोमी माइक्रोफाइनान्सको शत प्रतिशत हकप्रद सेयर साउन ९ गतेबाट खुल्ने भएको छ । लघुवित्तले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस हकप्रद सेयरमा भदौ ११ गतेसम्म आवेदन दिन सकिने छ । उक्त हकप्रदका लागि लघुवित्तले असार १२ गते बोर्डबाट स्वीकृत पाएको थियो ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गरेको थियो । तर, नागरिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेका कारण फागुन २६ गतेदेखि वोमीको सेयर कारोबार बन्द भएको थियो ।

Read More
  • MBL - below news