अमेरिकन एक्सप्रेस बैंक खारेज गर्न पुटिनको आदेश


  • Himalayan Bank Limited (HBL)
अमेरिकन एक्सप्रेस बैंक खारेज गर्न पुटिनको आदेश

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी एक्सप्रेस बैंकलाई रुसमा आफ्नो व्यापार "स्वैच्छिक लिक्विडेट" गर्न आदेश दिएका छन्। बुधवार कानूनी कार्यहरूको बारेमा जानकारी दिने रुसी पोर्टलमा यस्तो आदेश सम्बन्धी कागजात प्रकाशित भएको हो।

सो आदेशमा लिक्विडेसन प्रक्रिया कसरी र कहिले हुन्छ भन्ने खुलाइएको भने छैन। प्रकाशित कागजात अनुसार यो निर्णय पुटिनले अगस्त २०२२ मा हस्ताक्षर गरी "केही विदेशी राज्यहरू र अन्तर्राष्ट्रिय संस्थाहरूको गैर-मित्रतापूर्ण कार्यहरू" को सम्बन्धमा वित्तीय र ऊर्जा क्षेत्रमा विशेष आर्थिक उपायहरूको सम्बन्धमा जारी गरिएको  आदेश बमोजिम आएको हो।

Read More