काठमाडौं : आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता अमेरिकी प्रविधि कम्पनी ‘एनभिडिया’ को सेयर भाउ रेकर्ड उच्च विन्दुमा पुगेको छ । कम्पनीले अप्रिलमा समाप्त भएको पहिलो त्रैमासमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरेपछि सेयर भाउ रेकर्ड उच्च विन्दुमा पुगेको सीएनबीसीले उल्लेख गरेको छ ।
एनभिडियाको खुद नाफा ७ गुणाले बढेर दोस्रो त्रैमासमा १४.८८ अर्ब डलर पुगेको छ । जुन गत वर्षको सोही अवधिमा २.०४ अर्ब डलर मात्र रहेको थियो । कम्पनीले २६.०४ अर्ब डलर बराबरको कुल आम्दानी गरेको गरेको छ । कम्पनीले डाटा सेन्टरबाट गत वर्षको तुलनामा ४२७% ले आम्दानी वृद्धि हुँदै २२.६ अर्ब डलर पुगेको छ । यता, यसको प्रतिसेयर आम्दानी ०.८२ डलरबाट बढेर ५.९८ डलर पुगेको छ ।





