अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
पौडेल २०७४ सालदेखि २०८० सालसम्म केन्द्रको कार्यकारी निर्देशक भएका थिए। उनले केन्द्रको कार्यकारी निर्देशक भइरहेकै बेला आफ्नो परिचय लुकाएर कमिसन एजेन्टको रूपमा समेत सम्पत्ति आर्जन गरेको भेटिएको अख्तियारले जनाएको छ।
अनुसन्धानको क्रममा उनको हटमेल इमेल अकाउन्टबाट प्राप्त सूचनाको अख्तियारले विश्लेषण गरेको थियो।



