सहकारी पीडितद्वारा तेस्रो चरणको आन्दोलन घोषणा


  • Himalayan Bank Limited (HBL)
सहकारी पीडितद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं : सरकारले आफूहरूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सरकारले कुनै पनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो।

महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए। जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट तेस्रो चरणको आन्दोलन सुरु हुने र रिले अनशन सुरु गर्ने उनले बताए।

Read More