काठमाडौं : भारतको प्राथमिक बजार चालु आर्थिक वर्ष (अप्रिलदेखि सुरु भएको) मा नयाँ उचाइमा पुग्ने देखिएको छ । ठूलो संख्यामा सेयर बिक्री र बढ्दो आइपीओ आकारका कारण चालु आर्थिक वर्षमा भारतको आइपीओ बजारले नयाँ कीर्तिमान बनाउन सक्ने भारतीय सञ्चार माध्यम ‘मिन्ट’ ले रिपोर्ट गरेको छ । यस वर्षको पहिलो २ महिना भित्रै ५ खर्ब भारतीय रुपैयाँ (भारु) भन्दा बढीको आइपीओ जारी हुने देखिएको छ ।





