बारा । राष्ट्रिय अविष्कार केन्द्रले वीरगञ्ज कृषि औजार कारखाना व्यावसायिक उत्पादनका लागि तयार रहे पनि कच्चा पदार्थ आयातमा समस्या देखिएको जनाएको छ । करिब एक दर्जन मेसिनबाट परीक्षण उत्पादन गरेसँगै केन्द्रले कारखाना व्यावसायिक उत्पादनका लागि तयार रहेको जनाएको हो ।
उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमा भन्सार महसुल उच्च हुँदा उत्पादन लागत बढ्ने र बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा लिखित निवेदन दिएका छन् ।



