सुर्ती चुरोटमा कर बढाऊ


  • Himalayan Bank Limited (HBL)
सुर्ती चुरोटमा कर बढाऊ

नेपालमा सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ४१ प्रतिशतमात्र कर लाग्छ । जबकि छिमेकी भारतमा भने ५८ प्रतिशत छ । दक्षिण एसियामै सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने देश नै हाम्रो हो । भुटानमा त सुर्तीजन्य पदार्थ उत्पादनमा निषेध नै छ । धेरै कर लगाउनू भनेर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि भनेको छ । सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउनुपर्छ भन्ने उसको मान्यता छ । उसको त्यो सिफारिसलाई पालना गर्नेतर्फ नेपालले ध्यान पु¥याएको छैन । धेरै कर लगाउँदै जाने, कडाइ गर्दै जाने र भुटानमा जस्तै सुर्तीजन्य पदार्थको उद्योग नै खोल्न नदिने नीतिमा जानुपर्छ भन्ने मान्यता स्वास्थ्यसम्बन्धी अगुवाहरूले राख्दै आएका छन् । 

Read More