कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रहरीले कार्यकक्षबाटै नियन्त्रणमा लियो


  • Himalayan Bank Limited (HBL)
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रहरीले कार्यकक्षबाटै नियन्त्रणमा लियो

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिरोहियालाई थापाथलीस्थित मुख्यालयबाटै नियन्त्रणमा लिइएको हो। नागरिकताको विषयलाई लिएर जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई नेतृत्वको टोली थापाथलीस्थित कान्तिपुर मुख्यालयमा पुगेर अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो। पक्रेर लैजाँदै गर्दा उनका समर्थकहरूले गृहमन्त्री र प्रहरीको कार्यशैलीको विरोध गर्दै नाराबाजी गरेका थिए।

Read More