काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले संयुक्त रुपमा संघीय नेपालमा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य संस्थागतीकरण आयोजना सुरु गरेका छन् ।
यो त्रिवर्षीय आयोजनाले कोशी र लुम्बिनी प्रदेशका ६ वटा नगरपालिकामा कानूनी सहायता, मनोसामाजिक परामर्श र चिकित्सा सहायता जस्ता लैङ्गिक हिंसाविरुद्धको बहुक्षेत्रीय प्रतिकार्य सेवामा महिला तथा बालिकाको पहुँच बढाउन मद्दत गर्नेछ । यसले लैङ्गिक हिंसा पीडित करिब ४९ हजार महिला तथा बालिकालाई गुणस्तरीय सेवामा राम्रो पहुँच मार्फत लाभान्वित गराउने लक्ष्य लिएको छ ।



