भारतको केन्द्रीय बैंकले सरकारलाई करिब १० खर्ब भारु लाभांश हस्तान्तरण गर्ने


  • Himalayan Bank Limited (HBL)
भारतको केन्द्रीय बैंकले सरकारलाई करिब १० खर्ब भारु लाभांश हस्तान्तरण गर्ने

काठमाडौं : भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले सरकारलाई ठूलो परिमाणमा लाभांश हस्तान्तर गर्ने देखिएको छ । आरबीआईले करिब १० खर्ब भारतीय रुपैयाँ (भारु) लाभांश भारत सरकारलाई हस्तान्तरण गर्ने अपेक्षा गरिएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । उक्त लाभांश गत वर्षको भुक्तानी भन्दा उल्लेखनीयरुपमा बढी रहेको पनि जनाइएको छ ।

हालै मात्र आरबीआईले ट्रेजरी बिलहरु मार्फत सरकारले उठाउने ऋण रकममा करिब ६ खर्ब रुपैयाँले कटौती भएको घोषणा गरेको थियो । साथै, केन्द्रीय बैंकले सरकारलाई विगतको ६ खर्ब रुपैयाँ बराबरको ऋणहरु समयअघि नै चुक्ता गर्ने कार्यमा पनि समर्थन गरेको थियो । यसबाट केन्द्र सरकारको वित्तीय स्थितिमा उल्लेख्य सुधार हुने देखिएको छ ।

Read More