चालु आवमा बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान


  • Himalayan Bank Limited (HBL)
चालु आवमा बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

ढाका (बंगलादेश) । चालु आर्थिक वर्ष (२०२३ जुलाई–२०२४ जुन)मा बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । 

गत आर्थिक वर्ष (आव)को तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो । गत आवमा यो वृद्धिदर ५.७८ प्रतिशत थियो । 

अन्तरराष्ट्रिय मुद्रा कोषले ५.७ प्रतिशत र विश्व बैङ्कले ५.६ प्रतिशतको पूर्वानुमान गरेको समाचार एजेन्सी बीएसएसले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । 

Read More