कांग्रेसको नाराबाजीबीच राष्ट्रियसभामा लगानी सहजीकरणसम्बन्धी अध्यादेश पेश


  • Himalayan Bank Limited (HBL)
कांग्रेसको नाराबाजीबीच राष्ट्रियसभामा लगानी सहजीकरणसम्बन्धी अध्यादेश पेश

काठमाडौं : सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठकमा आज पनि अवरोध जनाएको छ। बैठक सुरू हुनेवित्तिकै कांग्रेससहित विपक्षी दलका सांसदहरू छानबिन समितिको माग गर्दै नाराबाजीमा उत्रिए।

संसद्को कामकारवाही अगाडि बढाउन सभाका अध्यक्ष नारायण दाहालले सहयोग गर्न आग्रह गरेका थिए। तर,विपक्षी दलका सांसदहरू सिटबाट उठेर नाराबाजीमा उत्रिएपछि अध्यक्ष दाहालले पेलेरै सदन अगाडि बढाए।

Read More