प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक विवरण अनुसार दाहालसँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर र भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख छ । पैतृक तथा अंशबाट प्राप्त उक्त सम्पत्ति स्वर्गीय पत्नी सीता दाहालको नाममै रहेको जनाइएको छ ।



