सहकारी बचतकर्ताको २ खर्ब अपचलन


  • Himalayan Bank Limited (HBL)
सहकारी बचतकर्ताको २ खर्ब अपचलन

८ जेठ, काठमाडौं । मुलुकभरिका ठूला सहकारी संस्थाहरूले मात्रै सर्वसाधारण बचतकर्ताको २ सय अर्ब (२ खर्ब) रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्य भेटिएको छ ।

अनलाइनखबरले एक वर्षदेखि गरेको रिपोर्टिङ तथा सहकारीसँग सम्बन्धित विभिन्न स्रोतबाट संकलित तथ्यांक तथा सूचना विश्लेषण गर्दा ठूला सहकारीले मात्रै अपचलन गरेको रकम कम्तीमा २ खर्ब रुपैयाँ बराबर रहेको तथ्य भेटिएको हो ।

हाल मुलुकभरिका सहकारी संस्थामा कुल ४ खर्ब ७८ अर्ब रुपैयाँ बचत रहेको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८०’ ले उल्लेख गरेको छ । यस हिसाबले सहकारी संस्थाहरूबाट सर्वसाधारणले फिर्ता नपाएको रकम कुल बचतको करिब ४२ प्रतिशत हो ।

Read More