क्यूआर मर्चेन्टहरुलाई दुई लाख सम्मको कर्जा उपयोग गर्न सक्ने कुमारी फोन लोन सुबिधा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
क्यूआर मर्चेन्टहरुलाई दुई लाख सम्मको कर्जा उपयोग गर्न सक्ने कुमारी फोन लोन सुबिधा

काठमाडौँ | सबैका लागि सधैका लागि अनवरत डिजिटल बैकिङ्ग प्रर्वद्धन गर्दै आधुनिक जिवनशैलीमा आधारित सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको कुमारी बैंकले  क्यूआर मर्चेन्टहरुलाई मध्यनजर गर्दै कुमारी फोन लोन सुबिधा बजारमा ल्याएको छ । 

बैंकले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै दुई लाख सम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको हो ।

यस बाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपूर्ति हुदा वित्तिय पहुँच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाइहरु मार्फत आफ्ना ग्राहकवर्गलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।