लघुवित्तका कर्मचारीलाई तर्साउने धम्काउने नगर्न वित्तीय संगठनहरुको चेतावनी


  • Himalayan Bank Limited (HBL)
लघुवित्तका कर्मचारीलाई तर्साउने धम्काउने नगर्न वित्तीय संगठनहरुको चेतावनी

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका कर्मचारी तर्साउने धम्काउने तथा संस्था तोडफोड गर्ने कार्य तत्काल रोक्न बैंक तथा वित्तीय संस्था सम्बद्ध चारवटा संस्थाले अपिल गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी ऐन, नियम र परिधिमा बसी संस्थाहरूले निर्बाध बैंकिङ कारोबार गरिरहेकोमा उक्त संस्थाका कर्मचारीमाथि धरपकड हुने र संस्था समेत तोडफोड गर्ने कार्य नरोकिएको भन्दै नेपाल बैंकर्स संघ, विकास बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सरकारको ध्यानाकर्षण गरेको हो । 

Read More