राष्ट्र बैंकले केही महिनाअघि गराएको अध्ययनले सात प्रतिशत सहुलियत कर्जा दुरूपयोग भएको भेटिएको छ।
जोशी एण्ड भण्डारी अटिड फर्ममार्फत् सहुलियतपूर्ण कर्जा सम्बन्धमा गरिएको नमूना सर्वेक्षणले सात प्रतिशत कर्जा दुरूपयोग भएको पाइएको हो।
'परामर्शदाताबाट पेस भएको मूल्यांकन प्रतिवेदनमा ७ प्रतिशत कर्जा सदुपयोग नभएको तथ्यांक प्राप्त भएको छ,' राष्ट्र बैंकले आन्तरिक रूपमा विभागहरूलाई जारी गरेको परिपत्रमा उल्लेख गरेको छ।
तर, राष्ट्र बैंकले यस सम्बन्धी कुनै दस्तावेज सार्वजनिक भने गरेको छैन।
फर्मले सहुलियतपूर्ण कर्जाका साथै पुनर्कर्जा र व्यावसायिक निरन्तरता कर्जाको प्रभावकारिता अध्ययन गरेको थियो।



