गिरीबन्धु जस्तै १०१ कम्पनीले सट्टाभर्ना गर्न खोजेको भन्दै मेयर बालेनले सार्वजनिक गरे नाम


  • Himalayan Bank Limited (HBL)
गिरीबन्धु जस्तै १०१ कम्पनीले सट्टाभर्ना गर्न खोजेको भन्दै मेयर बालेनले सार्वजनिक गरे नाम

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिन खोजेका एक सय एक कम्पनीको नाम सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् मेयर बालेनले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरू १०० भन्दा बढी कम्पनीले गिरिबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै निवेदन हालेको बताएका हुन्।

‘यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आकलन गरिएको छ। सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ। तर बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन्। उनीहरूको स्वर घटेको छैन,’ उनले भनेका छन्।

Read More