विश्वभर वित्तीय ठगीबाट गत वर्ष करिब ५ खर्ब डलर नोक्सान, सबैभन्दा बढी ठगी हुने माध्यम कुन हो ?


  • Himalayan Bank Limited (HBL)
विश्वभर वित्तीय ठगीबाट गत वर्ष करिब ५ खर्ब डलर नोक्सान, सबैभन्दा बढी ठगी हुने माध्यम कुन हो ?

काठमाडौं : गत वर्ष वित्तीय घोटाला र ठगीहरुबाट विश्वव्यापीरुपमा करिब ५ खर्ब अमेरिकी डलर नोक्सान भएको छ । उक्त नोक्सानी लगभग सिंगापुरको कुल गार्हस्थ उत्पादन (जीडीपी) बराबर हुन आउँछ । नास्ड्याकले सार्वजनिक गरेको ‘२०२४ ग्लोबल फाइनान्सियल क्राइम रिपोर्ट’ अनुसार सन् २०२३ मा विभिन्न वित्तीय घोटाला र ठगीमार्फत ४ खर्ब ८५ अर्ब ६० करोड डलर नोक्सान भएको हो ।

 

वित्तीय प्रविधि (फिन्टेक) को विश्वव्यापी विकाससँगै साइबर अपराधीहरुले पनि जटिल आक्रमणहरुमा विभिन्न प्लेटफर्महरुको दूरुपयोग गरेका छन् । विशेषगरी, डिजिटल भुक्तानी प्रणाली र अनलाइन बैंकिङ साइटहरुमा ग्राहकहरुको खाता जानकारी चोरीमा साइबर अपराधीहरु अधिक आकर्षित रहेको देखिएको छ ।

Read More