लघुबीमा कम्पनीहरुले बनाए नेपाल लघुबीमक संघ


  • Himalayan Bank Limited (HBL)
लघुबीमा कम्पनीहरुले बनाए नेपाल लघुबीमक संघ

काठमाडौं । नेपाल लघुबीमक संघ बिधिवत रुपमा दर्ता भएको छ । देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा बिदेशी संघ संस्थाहरु संग समन्वय गरी लघु बीमा सेवालाइ स्तरीय तथा भरपर्दो बनाउदै न्युन आय बर्ग तथा दुर दराजका नागरिक हरुमा बीमाको पहुंच बोकेको लघुबीमा कम्पनीहरुको संघ नामको गैर सरकारी संस्था जिल्ला प्रशासन कार्यालय ललितपुरमा जेठ ३ गते दर्ता भएको हो ।

लघु बीमा विस्तारको लागी नेपाल बीमा प्राधिकरण लगायत सम्बन्धित संघ सस्थाहरु संग सहकार्य र समन्वय गरी समावेसी बीमाको अवधारणालाइ मुर्त रुप दिनका लागि बीमा रक्षावरणको पहुंच बाहिर रहेका बर्ग समुदायलाइ बीमाको दायरामा समेटी उनिहरुको आर्थिक भविष्यलाइ सुनिश्चित गर्ने, लघु बीमा सेवाको बिकास तथा बिस्तार गर्ने र पर्यावरण संरक्षण सम्बन्धि बिभिन्न कार्यक्रमहरु संचालन गर्ने नेपाल लघुबीमक संघ बिधिवत रुपमा शुभारम्भ गरिएको संघले जनाएको छ।

Read More