आर्थिक राशिफल : जेठ ७ गते सोमबार, वैशाख शुक्लपक्ष द्वादशी तिथि   


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल  : जेठ ७ गते सोमबार, वैशाख शुक्लपक्ष द्वादशी तिथि   

जेठ ७ गते सोमबार, वैशाख शुक्लपक्ष द्वादशी तिथि   


मेष
जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ र नोकरीबाट मानसम्मान मिल्नेछ ।

वृष 
ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन ।

मिथुन 
राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । साथीभाईको सहयोग मिल्दैन भने काममा ढिलासुस्ती हुन सक्छ।

कर्कट
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ।

सिंह
कडा मिहिनेत र लगनशीलताले गरिएको कामबाट लाभ हुने सम्भावना छ ।

कन्या
धनको आगमनमा वृद्धि हुने र सुख र आनन्द मिल्ने समय छ।

तुला
उत्साहमा कमी आउने छ । कृषिकर्म र व्यापारबाट आम्दानी पनि कम हुनेछ ।

वृश्चिक
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

धनु
बिग्रिएको कामहरु बन्न सक्छन्। नयाँ कामको थालनी तथा व्यवसायको क्षेत्र विस्तारको लागि समय राम्रो रहेको छ।

मकर
प्रशासनिक कामहरु पूरा हुन सक्छन्। अनावश्यक काममा समय खर्च हुन सक्छ। आर्थिक क्षेत्र सामान्य रहन सक्छ। 

कुम्भ
आर्थिक क्षेत्रमा समस्या आउन सक्ने र खर्च पनि बढ्ने समय छ।

मीन
व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । काममा सहकर्मीको साथले महत्वपूर्ण काम सम्पादन हुनेछ।