काठमाडौं : बंगलादेशको सेयर बजार विगत ३ वर्षयताकै न्यूनतम विन्दुमा झरेको छ । ढाका स्टक एक्सचेन्जको प्रमुख सूचक ‘डीएसइएक्स’ आइतबार ३७ महिनायताकै न्यूनतम विन्दुमा झरेको हो । ‘डीएसइएक्स’ आइतबार १.५६% ले घटेर ५,४३१ विन्दुमा आएको छ । पिछल्लो समय निरन्तर घट्दै गएको सेयर बजारमा थप नोक्सानबाट बच्न बंगलादेशी लगानीकर्ताहरुले बिक्री चाप बढाएका छन् ।





