सरकारले लघु, घरेलु तथा साना उद्योग र अधिकतम २० करोड रुपैयाँसम्म स्थिर पूँजी भएका मझौला उद्योगलाई ब्याजमा अनुदान दिने भएको छ।
चालू आर्थिक वर्षको बजेटको कार्यक्रम ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ कार्यन्वयन गर्दै यस प्रकृतिका उद्यममा ब्याजमा अनुदान दिने भएको हो।
सरकारले ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि- २०८१’ स्वीकृत गरेपछि यो व्यवस्था कार्यन्वयनमा आएको हो।


