काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गर्नेलाई मात्रै नभई कृषि अनुदानको रकम हिनामिना गरी कुखुरा, हाँस, खसी, बोका, बाख्रा पाल्नेमाथि पनि छानबिन गर्न माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमो बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, 'दुईतीनवटा नागरिकता बोक्नेलाई मात्रै होइन देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेस्टहरुलाई पनि बाहिर संसद्बाट हटाऊँ ।'
उनले भने-
म टेलिभिजनमा काम गर्ने मान्छे । हुट्हुटी भएको मान्छे । मैले आफूले लगानी गरेर होइन, श्वेतशेयरका रुपमा त्यसमा काम गर्ने निधो गरेँ । त्यो मैले प्राप्त गरेको वा लिएको पैसा होइन । काम गरेँ, छोडेर गएँ । त्यो श्वेतशेयरका रुपमा रहेको हुनाले त्यो पनि मैले लिएर गइनँ । छोडेर गएँ । जसको सार्वजनिकीकरण मैले कार्यक्रम सुरु हुँदाको पहिलो शृंखला र अन्तिम शृंखलामा आम जनतासमक्ष प्रस्तुत गरेँ । भएको चाहिँ यत्ति नै हो ।


