जनता एग्रो एण्ड फरेष्ट्री कम्पनीले आगामी वर्ष प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब बढी छ। आगामी असार मसान्तसम्म यस्तो पुँजी एक अर्ब ५० करोड पुर्याउने कम्पनीका अध्यक्ष पवन गोल्यानले बताए। त्यसपछि भने कम्पनीले सर्वसाधारणमा २५ प्रतिशत सेयर जारी गरेर चुक्ता पुँजी दुई अर्ब पुर्याउने छ।
विशेषगरी साना किसानलाई करार खेती मोडलमा जोड्ने यसको उद्देश्य रहेको उनले बताए।





