काठमाडौँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकबाटै निर्णय गर्दै सरकारले सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने जानकारी दिएकी छिन् ।



