बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न सहज भएसँगै साढे ४५ अंक बढ्यो नेप्से, काराेबार रकम पनि ५ अर्ब नाघ्याे


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न सहज भएसँगै साढे ४५ अंक बढ्यो नेप्से, काराेबार रकम पनि ५ अर्ब नाघ्याे

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २.२६ प्रतिशत बढेर बन्द भएको छ। बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न सहज भएसँगै यस दिन शेयरबजार सूचक, नेप्से बढेको हो।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेसँगै त्यसको सकारात्मक प्रभावत यस दिनको बजारमा परेको देखिन्छ। यस अघि सो अवधिका लगानीमध्ये प्राथमिक पूँजीको १ प्रतिशत मात्र बिक्री गर्न पाउने व्यवस्था थियो। यसले गर्दा बजारमा कर्पोरेट प्लेयर आकर्षित भएको जानकारहरु बताउँछन्।

आइतबार नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८६ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ७४ हजार ९९१ पटकको कारोबारमा ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Read More