मेची भन्सारद्वारा रु ११ अर्ब ५९ करोड राजस्व सङ्कलन


  • Himalayan Bank Limited (HBL)
मेची भन्सारद्वारा रु ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष (आव)को १० महीनामा रु ११ अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष रु एक करोड ८७ लाख १३ हजार कम राजस्व सङ्कलन भएको हो । 

मेची भन्सार कार्यालय, काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको वैशाखसम्म गत आवको तुलनामा चियामा १६ दशमलव १२ र अलैंचीमा चार दशमलव ६५ प्रतिशत निर्यात घटेको छ । उनले भने, ‘पछिल्लो समय भेनियस सिटसहित फलामको पाता, प्लाइउड, छुर्पी, अम्रिसो, अदुवालगायतका निर्यात बढेको छ ।’

Read More