ताइवानको सेयर बजार दैनिक नयाँ हाई चुम्दै, १८ महिनामा सूचक ८ हजार भन्दा धेरै अंकले बढ्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ताइवानको सेयर बजार दैनिक नयाँ हाई चुम्दै, १८ महिनामा सूचक ८ हजार भन्दा धेरै अंकले बढ्यो

काठमाडौं : ताइवानको सेयर बजार दैनिक हाई रेकर्ड कायम गर्दै माथि बढेको छ । त्यहाँको ताइवान क्यापिटलाइजेसन वेटेज स्टक इन्डेक्स (टीडब्लुएसइ) शुक्रबार, मे १७ मा २१ हजार २५८ विन्दुमा बन्द भएको छ । बिहीबार इन्डेक्स अलटाइम हाई २१ हजार ३०४ विन्दुमा पुगेको थियो । यद्दपि, बजार बिहीबारको तुलनामा ०.२१ प्रतिशतले घटेको हो । तर, इन्डेक्स घटेपनि २१ हजार माथि नै छ । जुन अलटाइम हाईको एरिया हो । 

Read More