काठमाडौँ — केही व्यावसायिक घरानाअनुकूल बजेट बनाएको भन्दै तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीप्रति विमति जनाएर २०६७ सालमा अर्थसचिवबाट राजीनामा दिएका रामेश्वर खनाल सुशासन र बजेटरी प्रणालीमा गहिरो ज्ञान राख्नेमा पर्छन् । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको अवैतनिक सल्लाहकार हुँदै भट्टराईले नै अघि बढाएको नयाँ शक्ति पार्टीमा खनाल केही समय सक्रिय रहे ।
त्यसपछि कांग्रेस राजनीति गरेर अलग्गिएका उनी कुनै दल तथा सरकारी सेवामा नरही प्राध्यापन, अनुसन्धान तथा स्वतन्त्र विश्लेषकका रूपमा कार्यरत छन् । हाल संसद्मा दलहरूबीच उत्पन्न परिस्थितिले बजेटमा पार्ने प्रभाव, आगामी बजेटको आकार तथा करनीति, सार्वजनिक ऋणको स्पेस तथा उपादेयता र सहकारी समस्या समाधानका विषयमा केन्द्रित रहेर कान्तिपुरका कृष्ण आचार्य, राजु चौधरी र सीमा तामाङले गरेको कुराकानी :



