१ देखि ९ कित्ता सेयर बेच्न थप किन्नैपर्ने, तेब्बर शुल्कको मार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
१ देखि ९ कित्ता सेयर बेच्न थप किन्नैपर्ने, तेब्बर शुल्कको मार

६ जेठ, काठमाडौं । बिरलै मात्रामा सेयर कारोबार गर्ने निरन्जन पन्थीले गत बुधबार नेपाल पुनर्बीमा कम्पनीको ३ कित्ता सेयर बिक्री गर्नका लागि कारोबार प्रणाली (टीएमएस)बाट अर्डर पोस्ट गरे । यहीं कम्पनीको सेयर नियमित कारोबारका क्रममा प्रतिकित्ता ६७५ रुपैयाँमा किन्न खोज्नेहरु प्रशस्त थिए । तर उनले ३ कित्ता सेयर ६७० रुपैयाँमा पनि बेच्न पाएनन् । जबकि १० वा सोभन्दा माथिको कित्ता सेयर बिक्री गर्नुपरेमा ६७५ रुपैयाँमै सहजै बेच्न सक्थे ।

त्यसअघि पनि ३ कित्ता सेयर बेच्न प्रयास गरेका उनले बिहीबार भने १७ कित्ता सेयर किने । अब खरिद भएको सेयर डिम्याट खातामा आइसकेपछि उनले २० कित्ता सेयर बेच्नेछन् । ‘अडलट कारोबार गर्न सकिँदैन, त्यसकारण सेयर थपेर १० भन्दा माथि संख्या बनाएर मात्रै एकैपटक बेच्नुपर्छ’ उनले गुनासो गरे ।

Read More