मर्जरपछिको पहिलो सर्किट लागेर बढ्यो नेरुडे र सामुदायिक लघुवित्त, लगानीकर्ताकाे खातामा अझै छैन शेयर


  • Himalayan Bank Limited (HBL)
मर्जरपछिको पहिलो सर्किट लागेर बढ्यो नेरुडे र सामुदायिक लघुवित्त, लगानीकर्ताकाे खातामा अझै छैन शेयर

सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्त मर्जरपश्चात आइतबारदेखि दाेस्राे बजारमा काराेबार खुलेकाे छ। आइतबार दुबै कम्पनीकाे शेयरमूल्य सकारात्मक सर्किट लागेर बढेकाे छ। 

पछिल्लो समय लघुवित्तको शेयरमा लगानीकर्ताको आकषर्ण बढेको छ । अरु समूहको तुलनामा लघुवित्तको शेयर बढेको हो । उक्त लघुवित्तहरुको शेयर मर्जर प्रकृयामा रहदा दोस्रो बजारमा कारोबार हुन सकेको थिएन । मर्जरपछि नेप्सेमा सूचीकृत भएको पहिलो कारोबार दिनमा नै दुवै कम्पनीको शेयर मूल्य सकारात्मक भएर बढेको हो ।

यस आइतबार मिर्मिरे नेरूडे शेयर मूल्य ९.९९ प्रतिशतले बढेर ६४६ रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ ।

त्यसैगरी सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बीपीडब्लु लघुवित्त वित्तीय मर्जर तथा एक्वीजीसन पछिको कारोबार दिनमा सकारात्मक भएर बढेको छ । यस अवधिमा यस कम्पनीको शेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेर ९७२ रुपैयाँ ३० पैसाको हाराहारीमा कारोबार भइरहेको छ ।

Read More