नेप्सेमा शेयर घटाउँदै राष्ट्र बैंक : १७ लाख ३० हजार कित्ता लीलामीमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा शेयर घटाउँदै राष्ट्र बैंक : १७ लाख ३० हजार कित्ता लीलामीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको आफ्नो स्वामित्वको शेयर विक्री गर्ने भएको छ । बैंकले १७ लाख २९ हजार ९८९ दशमलव ५० कित्ता शेयर विक्रीका लागि मंगलवारदेखि लीलामीमा राखेको हो । नेप्से प्रवक्ता मुराहरि पराजुलीका अनुसार सरकारको ‘वित्तीय क्षेत्र विकास रणनीति’मा नेप्सेको पुनःसंरचना गर्ने उल्लेख भए अनुसार राष्ट्र बैंकले आफ्नो शेयर विक्री गर्न लागेको हो ।

राष्ट्र बैंकको ऐनमा केन्द्रीय बैंकले कुनै पनि संस्थामा १० प्रतिशतभन्दा बढी शेयर लगानी गर्न नपाउने व्यवस्था रहेको तर नेप्सेको कुल रू. ५० करोड चुक्ता पूँजीमा राष्ट्र बैंकको ३४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहेको उनले जानकारी दिए । नेप्सेमा नेपाल सरकारको ५८ दशमलव ६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६ दशमलव १२ प्रतिशत र अन्यको शून्य दशमलव ६२ प्रतिशत शेयर छ ।

राष्ट्र बैंकको उक्त शेयर सर्वसाधारणले भने खरीद गर्न पाउने छैनन् । बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाहरूले मात्र उक्त शेयर खरीद गर्न पाउने राष्ट्र बैंकले मंगलवार जारी गरेको सूचनामा उल्लेख छ । शेयर खरीदका लागि भदौ २ गतेभित्र राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

Read More
  • MBL - below news